दैलेख र मुगुका थप ११४ जनामा कोरोना पुष्टि, कर्णालीमा कुल संख्या ३८९ पुग्यो

सुर्खेत : कर्णाली प्रदेशमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा गरिएको पछिल्लो कोरोना परीक्षणमा थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सुर्खेत प्रयोगशालमा गरिएको परिक्षणको क्रममा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिष्ठानको प्रयोगशाला विभागले प्रकाशन गरेको नतिजा अनुसार दैलेखमा १०५ जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै, मुगुमा पनि एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत को फोटो।

सङ्क्रमित हुनेमा दैलेख नारायण नगरपालिकाका ६९ जना रहेका छन्, जसमा पाँच जना महिला छन् । दैलेखको देवलकाँडाका १२ जना, सोतका नौ जना, मानटाकुराका सात जना, साँडुका २ जना, भगनीका पाँच जना, बासकोटका एक जना रहेका छन् ।

त्यस्तै, मुगु खत्याडका एक जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमीतको संख्या ३८९ पुगेको छ ।


प्रकाशित | २२ जेष्ठ २०७७, बिहीबार १५:३८