हलेसीमा बस दुर्घटना: एकको मृत्यु, १४ गम्भीर घाइते

खोटाङ: हलेसीमा बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना ४ ख ७४११ नं को बस हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो ।

बस काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै थियो बस दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।

घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५÷२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको प्रहरीको भनाइ छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १०:३१