साउदीमा धेरै कम्पनीको काम सूचारु हुँदै, यस्ता छन् अनीवार्य पालना गर्नुपर्ने नियमहरु

जेद्दा: साउदी सरकारको गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विभिन्न क्षेत्रको लागि प्रोटोकल जारी गरेको छ । मे ३१ देखि दोश्रो चरण शुरु भएसँगै अब धेरै कम्पनीहरुको काम सुचारु हुन लागेसँगै सरकारले प्रोटोकल जारी गरेको हो ।

प्रोटोकलमा अनिवार्य रुपमा मास्क (मेडिकल वा कपडा) प्रयोग गरी नाक मुख छोप्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, पब्लिक तथा प्राइभेट अफिसमा जाँदा ज्वरो नाप्नु पर्ने, ३८ डिग्री सेल्सियस भन्दा माथि ज्वरो भएमा कसैसंग घुलमिल नगरी स्वास्थ्य जाँच गराई आवश्यकतानुसार छुट्टै बस्नुपर्ने निर्देशन जारी गरिएको हो । साथै यदी कसैले माथिका कुनै निर्देशनको उल्लंघन गरेमा साउदी रियाल १००० जरिवाना पनि तोकिएको छ ।

त्यस्तै, नेपाली महावाणिज्य दूतावास जेद्दाले एक बिज्ञप्ति जारी गर्दै मे ३१ देखि दोश्रो चरण शुरु भएको र अब धेरै कम्पनीहरुको काम सुचारु हुन लागेसँगै सरकारले जारी गरेको प्रोटोकल अनीवार्य पालना गर्न आग्रह गरेको छ ।

महावाणिज्य दूतावासले भनेको छ, ‘अब काममा जाँदा, काम गर्दा र कामबाट फर्कंदा विशेष सतर्क हुनुपर्नेछ । यस विषयमा साउदी सरकारको गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विभिन्न क्षेत्रको लागि प्रोटोकल जारी गरेको छ ।’

बिज्ञप्तिमा भनीएको छ, ‘जसअनुसार अनिवार्य रुपमा मास्क (मेडिकल वा कपडा) प्रयोग गरी नाक मुख छोप्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, पब्लिक तथा प्राइभेट अफिसमा जाँदा ज्वरो नाप्नु पर्ने, ३८ डिग्री सेल्सियस भन्दा माथि ज्वरो भएमा कसैसंग घुलमिल नगरी स्वास्थ्य जाँच गराई आवश्यकतानुसार छुट्टै बस्नुपर्ने निर्देशन जारी गरेको छ । यहाँ रोजगारीमा रहनुहुने सबै नेपालीहरुले उल्लिखित निर्देशनहरु पालना गर्नुहुन अनुरोध छ ।’

यदी कसैले माथिका कुनै निर्देशनको उल्लंघन गरेमा साउदी रियाल १००० जरिवाना रहेको पनि जनाइएको छ ।

महावाणिज्य दूतावसले विमानस्थल लगायत अन्य कम्पनीमा काम गर्ने सम्पूर्ण नेपालीले कम्पनीले कोरोना नियन्त्रणका लागि अपनाउनु पर्ने साबधानीका उपायहरु नअपनाई काममा लगाएमा यस कन्सुलेट जनरललाई खबर गर्न अनुरोध पनि गरेको छ ।

साउदीमा कोभिड १९ बाट दैनिक संक्रमित हुनेको संख्यामा क्रमश: कमी आएको छ । निको हुनेको संख्यामा बढोत्तरी भएको छ । संक्रमितको करिब तीन चौथाईं निको भइसकेका छन् ।

हाल साउदी सरकारले कर्फ्यु तीन चरणमा खुकुलो गर्दै लैजाने र स्थितिको विश्लेषण गरी जुन २१ देखि मक्का बाहेकका स्थानलाई सामान्य अवस्थामा लैजान सकिने भन्ने जानकारी पनि नेपाली महावाणिज्य दूतावासले बिज्ञप्तिमा उल्लेख गरेको छ । साथै, मे ३१ देखि साउदी अरेवियाले केही स्थानहरुमा आन्तरिक उडान पनि शुरु गरेको छ ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार १८:०३