बाँके बस दुर्घटना: एक घाइतेको उपचारका क्रममा मृत्यु, मृतक संख्या १२ पुग्यो (अपडेट )

बाँके : नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परि घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । गए राती सल्यान जादै गरेको सो यात्रुबाहक फोर्स गाडी विग्रेर उभिएको ट्रकमा ठोक्किदा दुर्घटनामा परेको थियो ।

बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २, मा आइतबार राती सो फोर्स गाडी दुर्घटना हुँदा घट्नास्थलमै ११ जनाको निधन भएको थियो । सो दुर्घटनामा परि घाइते भएका २२ जना मध्ये गम्भीर रहेका १ जनाको भेरी अस्पतालमा सोमवार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगका अनुसार नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तिसोनारी गाउँपालिकाको वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जको बिचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको हो ।

प्रजिअ कुरुमवांगले गए राती सवा १२ बजेतिर भएको दुर्घटनामा परी ११ जनाको घट्नास्थलमै र एक जनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको बताउनुभयो ।

नेपालगञ्जको जमुनाहबाट दाङ, सल्यान र रुकुम समेतका नागरिक र चालक र सहचालक गरि उक्त बसमा ३३ जना सवार रहेका थिए । घाइते २१ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार ०९:२०