दीर्घकालीन दुखाइका बिरामीले दैनिक गर्नुपर्ने १० कार्य

डा हरि रिजाल

नियमित व्यायाम गर्नुहोस्

दैनिक कम्तीमा ४० देखि ५०  मिनेटसम्मका मध्यम व्यायामहरू जस्तै: हिँड्ने, साइकल चलाउने वा स्टेसनरी बाइक चलाउनाले लामो दुखाइको प्रबन्ध गर्छ।

हल्का व्यायामले रासायनिक एन्डोरफिन रिलिज गर्छ, जसले मस्तिष्कमा राम्रो अनुभूति दिन्छ, मुड ताजा बनाउँछ र दुखाइ कम गर्छ।

सन्तुलित आहार खानुहोस्

सही खानाले रगतमा चिनी सुधार गर्छ, स्वस्थ दायरामा तौल राख्न मद्दत गर्छ, हृदय रोगको जोखिम कम गर्छ र पाचनमा सहायता गर्छ। ताजा उत्पादन, कम फ्याट प्रोटिन र अन्न आहारको लागि लक्ष्य राख्नुहोस्।

हरियो चिया, माछा, टमाटर र ब्रोकाउली जस्ता खानाहरू शरीरमा सुजन कम गर्न प्रभावकारी हुन्छन्, जसले धेरै हदसम्म दुखाइ हटाउन र मांसपेसीहरूलाई लचिलो र स्वस्थ राख्न मद्दत गर्छ। अन्न, तरकारी, फलफूल, नटहरूको राम्रो सन्तुलित आहार लिनुहोस्, प्रशोधित र गुलिओ खानाहरू सकेसम्म बेवास्ता गर्नुहोस्। स्वस्थ खाने बानीको विकास गर्नुहोस्।

शान्तिको अभ्यास गर्नुहोस्

तनाव पुरानो दुखाइको सबैभन्दा मुख्य दुष्प्रभाव हो। तनाव व्यवस्थापन प्रविधिहरू जस्तै: गहिरो श्वास, ध्यान र बायोफिडब्याकले शरीरलाई आराम दिन्छ, जसले पीडा कम गर्न मद्दत गर्छ।

मदिरा सेवन नगर्नुहोस्

दीर्घकालीन दुखाइ कम गर्न राम्रो रातको निन्द्रा आवश्यक पर्छ। रक्सीले निदाउन मद्दत त पुर्‍याउँछ, तर जब रक्सी शरीरमा मेटाबोलिज् हुन्छ, यसले अल्छी निद्रा बनाउँछ, महत्त्वपूर्ण आइएम निद्रामा समय छोटो बनाउँछ र निद्राबाट जगाउन पनि सक्छ। नतिजा: थोरै आरामदायी रात।

धूमपान छोड्नुहोस्

सूर्तिजन्य पदार्थले टिस्यु र हड्डीहरूमा अक्सिजनयुक्त रगतको उचित बहावलाई रोक्छ र टिस्यु हिलिङ प्रक्रियालाई पनि अवरोध पुर्‍याउँछ, जसका कारण पुरानो दुखाइ बढ्दै जान्छ।

केही व्यक्ति द्रुत धूमपानको साथ तनाव र पीडाबाट अस्थायी राहत पाउन सक्छन्। तर धूमपानले वास्तवमा लामो समयसम्म दुखाइ थप्न सक्छ। यसले उपचारलाई ढिलो बनाउँछ, रक्तसञ्चार बिग्रन्छ र डिजेनेरेटिभ डिस्क समस्याहरूको सम्भावना पैदा गर्छ।

पेन जर्नल बनाउनुहोस 

तपाईं सहयोगको लागि आफ्नो डाक्टरलाई मद्दत गर्नुहोस्। प्रत्येक दिनको अन्त्यमा, १ र १० बीचमा ‘पेन स्कोर’ अभिलेख गर्नुहोस्। त्यसपछि ध्यान दिनुहोस् कि तपाईंले त्यस दिन केके गर्नुभयो र कुनकुन गतिविधिले तपाईंलाई कस्तो महसुस भयो। तपाईंको अर्को भेटमा जर्नल  ल्याउनुहोस्। यसले तपाईंको डाक्टरलाई अन्तर्दृष्टि दिन सक्छ र उसले तपाईंको पीडा राम्रोसँग बुझ्न र अझ प्रभावकारी रूपमा सहयोग गर्न सक्छ।

आफैंलाई धेरै समय दिनुहोस्

आफैंलाई धेरै कठोर व्यवहार नगर्नुहोस्। सीमा सेट गर्नुहोस्। जब तपाईंलाई आराम चाहिन्छ, पार्टीहरू जस्ता घटनाहरूलाई ‘नाई’ भन्नुहोस्। नियमित मालिस गर्नुहोस्। तपाईंको आत्मालाई बढावा दिनको लागि आत्मीय साथीहरूसँग अटुट कुराकानी गर्ने समय बनाउनुहोस।

आफैंमा व्यस्त रहनुहोस्

राहतको लागि एक शक्तिशाली विधि व्यस्त रहनु हो। कुकिङ क्लास लिनुहोस्, बगैंचामा सामेल हुनुहोस्, योगको प्रयास गर्नुहोस्, बच्चाहरूसँग समय बिताउनुहोस्।

आफ्नो औषधिहरूको बारेमा जान्नुहोस्

तपाईंले लिनु हुने औषधिहरू, तपाईंका लागि के गर्न सक्छन्, उनीहरूका साइड इफेक्टहरू केके छन् बुझ्नु पर्छ। औषधिसँग तपाईंको लक्ष्य एक सामान्य मुड र गतिविधि हो। यदि यी कुरा छैनन् भने, अरु विभिन्न औषधि तपाईंको लागि राम्रो हुन सक्छ। तपाईंका विकल्पहरू केके छन्? सक्रिय हुनुहोस्, प्रश्नहरू सोध्नुहोस्, र उत्तर खोज्नुहोस्।

मद्दतको लागि सोध्नुहोस्

विकासको लागि तपाईंको बानी महत्त्वपूर्ण हुन्छ। साथीहरू र परिवारलाई तपाईं के महसुस गरिरहनु भएको छ र तपाईंलाई के आवश्यक छ बताउनु ठिक हुन्छ। तपाईंको अवस्थाको बारेमा बढी जान्नुहोस् र जीवनका कुराहरु साझेदारी गर्नुहोस्। उस्तै समस्याबाट पीडित अन्य व्यक्तिहरूलाई भेट्नुहोस्। तपाईंलाई पुरानो दुखाइको मुद्दालाई हटाउन नयाँ तरिकाहरू सिक्न मद्दत गर्न सक्छ।

तपाईं एक्लो हुनुहुन्न, प्रत्येक तीन जनामा एक जना पुरानो दुखाइसँग संघर्ष गर्दैछन्।

-(डा रिजाल पेन स्पेसलिस्ट हुन्)

स्रोत-स्वास्थ्य खवर


प्रकाशित | १८ जेष्ठ २०७७, आईतवार २०:२३