नेपाली नागरिकता निरन्तरताको लागि सभामुखदेखि राज्यब्यवस्था समिति सभापतिसम्मलाई ज्ञापनपत्र

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको टोलीले नेपाली नागरिकताको निरन्तरताको लागि नेपाल सरकारका विभिन्न निकायलाई दबाब दिएको छ । गैर आवासीय नेपालीलाईनेपाली नागरिकता निरन्तरताको लागि सभामुख अग्नी सापकोटादेखि राज्यब्यवस्था तथा सुशासन समिति सभापति शसी श्रेष्ठ सम्मलाई दबाब दिएको हो ।

एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका) गुरुङ र आइसीसी सदस्य डासु राम पराजुलीसहितको टोलीले सभामुख सापकोटा र सभापति श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपाली नागरिकता निरन्तरता छिटो कार्यान्वयन गर्न दबाब दिएको हो । टोलीमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ पनि सहभागि हुनुहुन्थ्यो ।

 

नेपालको संविधानले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नेपाली नागरिकता दिने ज्ञारेन्टी गरेपनि अझै यसको कार्यान्वयन हुन नसकिरहेको बेला एनआरएनए हङकङ टोलीले छिटो कार्यान्वयन गर्ने उद्देश्यले ज्ञापनपत्र बुझाएको एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका) गुरुङले जानकारी गराउनुभयो ।

सो अवसरमा सभामुख सापकोटा र सभापति श्रेष्ठले गैर आवासीय नेपालीलाई नागरिकता दिने सवालमा संविधानमा स्पष्ट उल्लेख भएकाले कसैले पनि खोस्न नसक्ने भन्दै छिटो भन्दा छिटो नागरिकता विध्येक पारित गरेर कार्यान्वयन गर्न लागिपरेको बताउनुभएको थियो ।


प्रकाशित | १४ फाल्गुन २०७६, बुधबार १४:२२