आज पनि चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं : आज पनि देशका विभिन्न भूभागका मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले देशका धेरैजसो स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको हो ।

आगामी ३ दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार वर्षा हुने भनेर लगातार दिनभर नभई बिहान र बेलुकाको केही समय हुनेछ । दिउँसो भने मौसम सफा नै रहनेछ ।

आइतबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही १र२ स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।


प्रकाशित | १८ जेष्ठ २०७७, आईतवार ०७:४९