इनास यूएई अलऐन क्षेत्रीय समितिद्धारा नि:शुल्क प्राथमिक उपचार तालिम कार्यक्रम सम्पन्न

यूएई : अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज (इनास) युएई, अलऐन क्षेत्रीय समितिको आयोजनामा डिस्कोवरी रोयल स्पोर्टका प्रवन्ध(निर्देशक एवं मुख्य प्रशिक्षक ओम उप्रेतीको प्रशिक्षणमा अलऐनबासी नेपाली दाजु भाई दिदीबहिनीहरूको उल्लेख्य सहभागितामा नि शुल्क प्राथमिक उपचार तालिम कार्यक्रम सम्पन्न गरियो । कार्यक्रम स्वास्थ्य चेतनामुलक र जीवनउपयोगी भएको कुरा सहभागीहरूले ब्यक्त गरेका छन् ।

कार्यक्रमको अन्त्यमा इनासद्वारा आयोजित “देउसी भैलो कार्यक्रम(२०७६” का दक्षिणादाता संस्था तथा महानुभावहरूलाई सम्मान(पत्र र देउसीभैलोमा सहभागी सबैलाई प्रसंशा(पत्र प्रदान गरिएको थियो ।

प्रशिक्षक उप्रेतीले आफ्नो तर्फबाट योगदान राष्ट्रका लागि” भन्ने मूल मन्त्रका साथ नि स्शुल्क प्राथमिक उपचार तालिम हालसम्म नेपाल अधिराज्य भरिका विभिन्न ३८ जिल्लामा निस्शुल्क प्रशिक्षणको कार्यक्रम आयोजना गरी करिब ६ हजार भन्दा बढी नेपालीलाई सेवा प्रदान गरी सकिएको र आगामी पौष १५(२५ सम्म तराईका थप १० जिल्लामा पाचौं चरणको प्रशिक्षण कार्यक्रम तय भएको कुरा पनि जानकारी दिनु भयो ।


प्रकाशित | २२ मंसिर २०७६, आईतवार २०:५२