नेपालमा थप १९ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या २०६ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमण भएर उपचाररत थप १९ जना संक्रमित निको भएर घर फर्किएका छन्। डिस्चार्ज हुनेमा बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११ गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना रहेका हुन । निको भएर घर फर्किनेहरु १८ बर्षदेखि ४३ बर्ष उमेर समुहका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । तस्विर- गोरखापत्र अनलाईन


प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार १६:२७