कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराइने

काठमाडौं : सरकारले कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋणको ब्यवस्था मिलाएको जानकारी दिनुभयो ।

व्यवसायीहरुलाई राष्ट्र बैंकले १ खर्ब रुपैयाँको पुनकर्जामार्फत् सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको अर्थमन्त्रीले जानकारी दिनुभयो। उद्योगी व्यवसायीहरुले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने माग गर्दै आएका थिए ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १६:४२