नेपालकी कान्छीमाया तामाङसहित भारत र चीनका तीन महिलाको साहसीक यात्रा

काठमाडौं: पहिलोपटक नेपाल, भारत र चीनका महिलाले संयुक्तरुपमा सगरमाथा आरोहण गर्ने भएका छन् । तीनै जना भोली लुक्ला प्रस्थान गर्नेछन् । विश्व शान्ति, मित्रता तथा यस क्षेत्रमा महिला सशक्तीकरणको उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहण गर्न लागको उनीहरुले जनाएका छन् ।

आरोहण टोलीमा नेपालका तर्फबाट दुई पटक सगरमाथा आरोहण गरिसकेकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामु मा हुनुहुन्छ । कान्छीमाया सगरमाथा सफलतापूर्वक आरोहण गर्ने प्रथम तामाङ महिला समेत हुनुुहुन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र भ्रमण वर्ष कार्यक्रमका संयोजक सुरज वैद्यले भ्रमण वर्ष २०२० को झण्डा हस्तान्तरण गर्दै बिदाई गर्नुभएको छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार २१:०५