नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं:  नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ।

डा देवकोटाका अनुसार मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जना संक्रमित देखिएका हुन्। यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो। नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।


प्रकाशित | ११ जेष्ठ २०७७, आईतवार १६:४२