नेपाली भूमी फिर्ता गर्न यसरी जुर्मुराए कलाकारहरु

धुलिखेल: नेपाली भुभाग भारतले मिचेको विवादले विश्व तताइरहँदा भारतले मिचेको नेपाली भुभाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भुभाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् ।

चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भुभाग फिर्ता गर्न आम नेपालीलाई एक हुन आग्रह गरेका हुन् ।

विश्व नोवेल कोरोना संक्रमणको त्रासमा रहेको बेला बिगत लामो समय देखी नेपाल भारत सिमाना बिबाद भइरहेको अबस्थामा हालै “हाम्रो माटो”बोलको देश भक्तिले भरिएको गीत सार्बजनिक भएको हो ।

यस्तो महामारीको बेलामा समेत भारतले नेपाली भुमि मिच्दै भारतले सडक निर्माण गरे नेपाली माथि गरेको प्रहारलाई गीतमा मार्फत पोखिएको छ । गीत मार्फत भारतलाई केहि दबाब दिदै नेपालीहरुलाई आफनो भुभाग फिर्ता आग्रह स्वरुप गीत निर्माण गरिएको कलाकारहरु बताउँछन् ।

कोरोना भाइरसको महामारीसँग बिश्व समुदाय सामुहिक रुपमा लड्दै गर्दा भारतले नेपालको स्वीकृति बिनै भूमि मिचेर बाटो बनाएपछि बिश्वमा रहेका अधिकांश नेपालीले आफ्नै तवरले विरोध गरिरहेका छन् । भारतको नेपाल प्रति मिचाह प्रवृत्तिलाई गतिलो झापडको रुपमा गीत सार्वजनिक भएको छ ।

अमृत खातिको शब्द, खाती र राजा राजेन्द्र पोख्रेलको सङीत रहेको गितमा सङ्गीत सम्योजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय शृपालको रहेको गितको निर्देशन र सम्पादन हुम गैरेको रहेको छ भने सिर्जु अधिकारी युट्युब मार्फत गीतलाई सार्वजनिक गरिएको छ ।

नेपाल सरकारले हालै नेपालको नया नक्सा जारी गरिसकेको छ । भारत र बिश्व सामु चुनौती पुर्ण चर्चा परिचर्चा चलिरहेको वर्तमान अवस्थामा अब आफ्नो पहिचान सहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्न एक जुट हुन जरुरी रहेको छ ।

जबर्जस्ती हाम्रो भुभाग मिचिएको छ । हाम्रो भुभाग फिर्ता गर्न अब हामीले संघर्ष गर्नुपर्ने बेला भएको छ । त्यसैले हामी नेपाली एक हुनको लागि अनुरोध छ भन्छन् एकै स्वरमा गीतका कलाकारहरु । आफ्नो स्वाभिमान रक्षा गर्न समेत सबै एक हुनु पर्ने बेला भएको गीतमा स्वर दिएका बिक्रमजंग शाह बताउँछन् ।


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार १४:२६