मन्त्रिपरिषद्‍द्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा स्वीकृत

काठमाडौं: सरकारले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा स्वीकृत गरेको हो ।

भूमिसुधार मन्त्रालयले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भएको नक्सा बनाएर पेस गरेको थियो । सो नक्सालाई सरकारले जारी गर्ने निर्णय गरेको हो ।

भूमिसुधार तथा व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको पश्चिमी सीमा लिम्पियाधुरासहितको क्षेत्र भएको नक्सा प्रचलनमा ल्याउने प्रस्ताव मन्त्रिपरिषदमा लग्नुभएको थियो । यो सँगै नेपालको संविधानको धारा ९ को उपधारा २ अनुसार अनुुसूची ३ मा संशोधन गरी निशान छाप सच्याउने बाटो खुला भएको छ ।

नेपाल अंग्रेज युद्धपछि १८१६ मा भएको सुगौली सन्धिमा नेपालको सीमा कालीनदीको मुहान अर्थात् लिम्पियाधुरा भएको उल्लेख छ । तर, सो क्षेत्र हाल भारतको कब्जामा छ ।


प्रकाशित | ५ जेष्ठ २०७७, सोमबार २०:३१