सर्लाही, धनुषा र महोत्तरीका थप ५ जनामा कोरोना संक्रमण. संक्रमीतको संख्या २४५ पुग्यो

काठमाडौं :  सर्लाही, धनुषा र महोत्तरीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार काठमाडौंमा गरिएको प्रयोगशालाको क्रममा थप ५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

सहप्रवक्ता अधिकारीका अनुसार सर्लाही धान्नकौल नगरपालिका निवासी २५ वर्षीय पुरुष, धनुषा जनकपुर नपा र मिथिला नपाका ४० वर्षीय पुरुष, २० वर्षीय महिला, महोत्तरी जलेश्वर र बलवा नपाका १६ र ३५ वर्षीय पुरुषहरु गरि थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका उनीहरु सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको पनि सहप्रवक्ता अधिकारीले जानकारी गराउनुभयो । थप पाँच जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमीतको संख्या २४५ पुगेको छ ।

Image may contain: text


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार ०८:१७