वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार २७ गते गर्ने निर्णय: सर्वसम्मत नेतृत्वको लागि पहल शूरु

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी असार २७ गते गर्ने निर्णय भएको छ । संघको कार्यसमिति बैठकले निर्वाचनको मिति असार २७ गते गर्ने निर्णय गरेको हो । यसअघि फागुन २३ गते बसेको कार्यसमिति बैठकले चैत्र २६ गते निर्वाचनको मिति घोषणा गरे पनि अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटको घटनाले निर्वाचन स्थगित गरिएको थियो। संघका अध्यक्ष गुरुङले असार २७ गते नै निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्ने जानकारी गराउनुभयो । वर्तमान अध्यक्ष रोहन गुरुङको दुई वर्षे कार्यकाल असार ३० गते सकिँदैछ।

त्यस्तै, यसपटक ब्यवसायी संघमा सर्वसम्मत नेतृत्व चयन हुने देखिएको छ । संस्थालाई जोगाउनको लागि पूर्व अध्यक्षमध्येबाट नयाँ नेतृत्व सर्वसम्मत बनाउने पहल शूरु भएको हो । कुनै राजनैतिक हिसावले भन्दा सबैको साझा नेतृत्व चयन गर्ने प्रयास भइरहेको र लगगभ साझा नेतृत्व चयन हुने अध्यक्ष गुरुङको विश्वास छ ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार ११:४८