एनआरएनए अमेरिकाज् क्षेत्रका आइसिसी र मानार्थ सदस्यहरुले गरे सिमा अतिक्रमणको भत्सर्ना

न्यूयोर्क : गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका आइसिसी सदस्य र मानार्थ परिषद सदस्यहरुको संयुक्त बैठकले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरेको छ ।  भारतले एकतर्फी रुपमा नेपाली भूभाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेकोप्रति क्षेत्रभित्रका आइसिसी सदस्य तथा मानार्थ सदस्यहरुले भत्सर्ना गरेका हुन ।

विशेष गरि कोभिड १९ को वर्तमान अवस्था, स्वदेश फिर्ती र राहत तथा पुर्नस्थापना लगायतको विषयमा आयोजीत बैठकमा भारतीय अतिक्रमणको सबैले खुलेर विरोध गरेका हुन । बैठकमा सहभागीहरुले राष्ट्रिय समन्वय परिषद मार्फत राजदुतावसमा अनलाइन पिटिशन गर्न पनि सुझाव दिएका छन् ।

अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार बैठक मानार्थ सदस्यहरुलाई स्वागत, कोभिड १९ पीडितलाई राहत, स्वदेश फीर्ता हुन चाहानेलाई पहल र पुर्नस्थापनालगायत विषयमा केन्द्रित भई आयोजना गरिएको हो । बैठकमा भारतीय हस्तक्षेपको आइसिसी सदस्य तथा मानार्थ सदस्यहरुले विरोध जनाउँदै भत्सर्ना गर्नुभएको क्षेत्रीय संयोजक त्रिपाठीले बताउनुभयो ।

बैठक भारतले नेपाली भूमीमाथि गरेको अतिक्रमण सम्बन्धी प्राप्त आइसीसीको पत्रलाई समेटेर के गर्न सकिन्छ भन्ने प्रयासस्वस्प पनि आयोजना गरिएको संयोजक त्रिपाठीले बताउनुभयो ।

बैठकमा गैरआवासीय नेपाली संघका महिला उपाध्यक्ष रविना थापा र संघका सचिव गौरी राज जोशीले कोभिड पीडित नेपालीलाई राहत, स्वदेश फीर्ताको सवाल, एनआरएनएले गरिरहको गतिबिधि र नेपाल सरकारसँगको समन्वयका विषयमा जानकारी गराउनुभएको थियो ।

बैठकमा आइसीसी सल्लाहकार हरिबोल भण्डारी, आइसीसी सल्लाहकार तथा नेपाल सरकारका महावाणिज्यदुत एशी शेर्पा, क्षेत्रीय उपसंयोजक राम पोखरेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, आइसीसी सदस्य तृष्णा शर्मा, शंकर खड्का, बेदराज बस्नेत, प्रमिला बस्नेत, अभिमन्यू बस्नेत, कृष्ण के सी, कृष्ण लामिछाने, प्रतिक पाण्डे, प्रेम श्रेष्ठ, राधेश पण्डित, उत्तम लामिछाने, पिताम्बर भट्टराई, चन्द्र राई, भरत अर्याल, गोपी कृष्ण काफ्ले, धुण्डिराज पाण्डे, पुरु ढकाल, रबिन्द्र घिमिरे, राष्ट्रिय परिषद क्यानाडाका अध्यक्ष चिरन्जीवी घिमिरे, एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्षहरु कृष्ण जिबी पन्त, बिद्धि सुबेदी, सर्बग्य वाग्ले लगायतले भारतीय सिमा अतिक्रमणको विरोध जनाउनुभयो ।

क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा सम्पन्न बैठकमा आइसिसी सदस्य प्रमोद सिटौलाले सञ्चालन गर्नुभएको थियो भने स्वागत क्षेत्रीय युवा संयोजक बिमला सापकोटाले गर्नुभएको थियो ।


प्रकाशित | ३० बैशाख २०७७, मंगलवार १९:१०