नेपालमा एकै दिन ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकै दिन झण्डै पाँच हजार कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा १४ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१३ हजार ८ सय ७९ जनाको पिसिआर गर्दा ४ हजार ७ सय ७७ जना र ९ सय ५५ जनाको एन्टीजेन गर्दा १ सय २३ जनामा कोरोना पुष्टि भएको हो। कुल संक्रमितमध्ये हाल ३० हजार २ सय ९ जना सक्रिय संक्रमित छन्। हाल ५४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

कुल संक्रमितमध्ये २ हजार ४७ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ हजार ४ सय ६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | १५ बैशाख २०७८, बुधबार १८:३३