सुनको भाउ तोलाको ७० हजार पुग्यो

काठमाडौं : सुनको भाउ तोलाको ७० हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ बिहीबार तोलामा १५ रुपैयाँ बढेर ८ सय २५ रुपैयाँ पुगेको छ । गएको शुक्रबारदेखि नै कीर्तिमान बनाइरहेको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको हो । सुनको भाउ बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रति औँस तोलाको १५ सय डलर ९० सेन्ट पुगेको हो । चीन, अमेरिका तथा भारत र पाकिस्तानबिच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको बताउँदै शाक्यले भाउ अmभै बढन सक्ने बताउनुभयो ।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार १५:३२