जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं: सरकारले जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले चैत्र ११ गतेबाट सुरु भएको लकडाउनलाई बढाएर जेठ ५ गेत गतेसम्म पुर्‍याउने निर्णय गरेको हो ।

मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारले वैशाख २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।


प्रकाशित | २४ बैशाख २०७७, बुधबार १३:५३