सन्दीप आजको खेलमा पनि बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद ) : नेपाली स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्धको खेलमा बेन्चमा राखेको छ । हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दिल्लीले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । हैदरावादले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन ।

आजको खेलमा अमित मिश्राले कम ब्याक गर्दा कोलिन मुनरोले पहिलो पटक मौका पाएका छन् । सन्दीपलाई यस अघिको कोलकतासँगको खेलमा पनि बेन्चमा राखेको थियो । सन्दीपले जारी आईपीएलमा ४ खेलमा ५ विकेट लिएका छन् । दिल्लीको प्लेइङ ११ स् शिखर धवन,पृथ्वी शा,कोलिन मुनरो, श्रेयस ऐर९कप्तान० ऋषभ पन्त,क्रिस मोरिस,अक्षर पर्टेल,अमित मिश्रा,ईशान्त शर्मा,कागिसो रबाडा र किमो पल ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार २१:४६