कतारमा नेपालीको अवस्था, भ्रम र ययार्थता

कतारमा बसोबास गर्नुहुने कुनै पनि नेपालीलाई खानाको समस्या छैन । सबै कतार सरकारले ग्यारेन्टी गरेको छ । यदी कोही समस्यामा पर्नुभएको छ भने हामीलाई सम्पर्क गर्न अनुरोध गरिरहेका छौ । समस्यामा परेका नेपालीलाई हामीले पनि सक्दो सहयोग गरिहेका छौ । हल्ला फैलाइए जस्तो कतारमा नेपालीको अवस्था छैन ।

मोहम्मद मुक्तदा मुसलमान, अध्यक्ष -एनआरएनए कतार

कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहँदा कतार पनि त्यसबाट अछुतो रहन सकेको छैन । कोरोना नियन्त्रण्को लागि कतारमा पनि सरकारले जनताको सुरक्षाको लागि आवश्यक सम्पूर्ण तयारी गरिहेको छ । साथै आगामी दिनमा महामारीको रुपमा फैलिहाल्यो भने के गर्ने भनेर सरकारले निकै ठूलो पूर्व तयारी गरिरहेको छ । धेरैभन्दा धैरै जनतामा कोरोना परीक्षण गरेर कोरोना संक्रमीत ब्यक्तीहरुको पहिचान गर्नु यहाँको सरकारले मुख्य रणनीति बनाएको छ । छोटो समयमा हजारौको संख्यामा कोरोना परीक्षण गराउन पनि यहाँको सरकार सफल भएको छ । कतारले धेरैभन्दा धेरै परीक्षण गराउँदै जनतालाई आवश्यक पर्ने कुनै पनि चीजको अभाव हुन दिएको छैन । जनताको भावनाअनुसार सरकारले सकेको सबै किसिमको काम गरिरहेको छ ।

कतारमा पनि कोरोना फैलिएसँगै नेपाली समुदाय पनि त्यसबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावीत भएको छ । विश्व जगत नै कोरोनाबाट प्रभावीत भइरहँदा कतारमा बस्ने हामी नेपाली प्रभावीत नहुने त कुरै भएन । तर प्रभावीत यस अर्थमा कि पहिलाको जस्तो नियमीत काम गर्न पाएको छैनौ, घरभित्रै सुरक्षीत भएर बस्नुपरिरहेको छ भन्ने मात्र हो । कतारमा रहनु हुने नेपाली कामविहीन भएर बस्नु परिरहे पनि कोही पनि खानाबाट वञ्जित हुनु परेको छैन । सबै नेपालीलाई सरकारले आफना नागरिक सराह ब्यवहार गरेर सबै किसिमका सुविधाहरु प्रदान गरिरहेको छ । यहाँको सरकारले हरेक निकायबाट सक्दो जनताको समस्यालाई मध्यनजर गर्दै जनतालाई अभाव हुन दिएको छैन । हामी नेपाली समुदायलाई कुनै समस्या परेमा कतार सरकार आन्तरिक मन्त्रालय को सार्वजनिक सम्बन्ध विभागमा खवर गर्ना साथ सबै किसिमको सुविधा प्रदान गरिरहेको छ ।

कतारमा बस्ने सबै जनताको ग्यारेन्टी सरकारले लिएको छ । यद्यपी नेपाली समुदाय यहाँ ठूलो संख्यामा हुँदा केहि समस्या आउँनु त स्वभावीक हो । कतार सरकारले तपाईको समुदायमा के कस्तो समस्या हुन्छ तुरन्त रिपोर्ट गर्न हामीलाई भनीरहेको छ । हामीले समस्यामा पर्नुभएको नेपालीको रिपोर्ट गराएसँगै सरकारले तुरुन्तै आवश्यक राहतको वन्दोवस्त गरिहाल्छ । एनआरएनए कतारमा मैले नेतृत्व समालेपछि कतारको स्थानीय स्तरमा एनआरएनएलाई चिनाउने र परिचय गराउँदाको फाइदा अहिले नेपाली समुदायलाई भएको छ । मेरो राम्रो सम्बन्ध भएको कारण कतार सरकारका सबै निकायले निकै आधारका साथ मैले कुनै रिपोर्ट गराउँना साथ रेस्पोन्स दिइहाल्छ । जसले नेपाली समुदायमा पर्ने समस्या समाधान तुरुन्त गर्न सजिलो भएको छ । एनआरएनए कतारमा मेरो नेतृत्वमा आएपछि मैले अहिलेसम्म गरेको प्रयासले विपत्तिमा कतारमा बसोबास गर्नुहुने तमाम नेपाली समुदायलाई सहयोग गर्न पाउँदा निकै गौरन्विभत महसुस गरिरहेको छु ।

कतारमा अहिलेसम्म कोही नेपाली पनि खानाबाट वञ्चित हुनु परिरहेको छैन । सबै नेपाली समुदाय सुरक्षीत हुनुहुन्छ । हजारौ हज़ार नेपालीलाई कतार सरकारले राहत वितरण गरिसकेको छ । यहाँ केहि नेपाली दाजुभाई दिदी पनि संक्रमीत हुनु भएको छ । तर उहाँहरुको अवस्था सामान्य छ । आत्तिहाल्नुपर्ने अवस्था छैन । अर्को खुसीको कुरा के छ भने यहाँको सरकारले आफना नागरिकलाई जसरी उपचार गराउँछ हाम्रो समुदाय पनि त्यसरी नै समान ब्यवहार गरिरहेको छ । कसैलाई भेदभाव गरिएको छैन । हामी नेपाली समुदाय कतार सरकार र सरकारले पुर्याएको योगदानप्रति कृतज्ञ छौ । तर कतरामा नेपालीलाई कम्पनीहरुले कामबाट निकादियो , नेपालीहरु खाना नपाएर अलपत्र परेका तथा यहाँ को सरकार ले अनियमित तरीक़ा ले हिरासतमा लिएर डिपोट गरेको जस्ता अफवाह फैलाइएकोमा भने निकै दुखीत छु । नेपाली समुदायमा भ्रम छर्ने, अफवाह फैलाउने र डर, क्रास तथा भयको स्थिति ल्याउने वातावरण गर्ने काम निन्दनीय छ । यो सरासर झुठो र गलत प्रचार हो । मैले माथि नै उल्लेख गरिसकेको छु यहाँ कोही नेपाली पनि खानाबाट वञ्जित हुनु भएको छैन । सबैलाई सरकारले ग्यारेन्टी लिइसकेको अवस्थामा विशेष गरि नेपालमा कतारको नेपाली समुदायको विषयमा फैलाइएको भ्रमको निन्दा समेत गर्न चाहान्छु । वास्तावीकता, धरातल नुबुझी कसैले समाचार हालेको भरमा त्यही कपी पेष्ट गर्ने शैली कृपया कसैले पनि नगरिदिनुहोला । यहाँको सत्य तथ्य तथा वास्तावीकता बुझी सूचना प्रवाह गरिदिनुहुन समेत सबैमा हार्दिक अपिल गर्न चाहान्छु । यदी यहाँको कुनै कम्पनीले नेपाली कामदार निकालेको विषयमा समाचार लेख्नु पूर्व यहाँको सरकारको सम्बन्धीत विभागीय प्रमुखसँग अथवा नेपाली दुताबास संग सोधेर समाचारको पुष्टि गरिदिनु भएको भए विश्वसनीयता र सत्यता झल्कने थियो तर अनुमान र हावा तालमा समाचार लेख्दा त्यसबाट पर्ने असर तपाई हामी सबैले ख्याल गर्नुपर्छ । किनकी यस्तो बेलामा सकभर सबैलाई सान्त्वना दिने, सन्देश फैलाउने र मानीसहरुलाई सही सत्य समाचार दिनुपर्नेमा गलत, भ्रम फैलाउनु निन्दनीय छ ।

कतारमा यो विपत्तिमा गैर आवासीय नेपाली संघले निकै सक्रियताका साथ आफनो ठूलो टिम परिचालन गरेर नेपाली समुदायको लागि रात दिन नभनी खटिरहेको छ । हामीले हाम्रो तर्फबाट सक्ने, बल बुत्ताले म्याएसम्म काम गरिरहेका छौ । हामी २४ सौ घन्टा कतारबासी नेपालीको समस्यामा केन्द्रित छौ । मैले आफैले २४ सौ घन्टा आउँने फोनलाई उठाउने गरेकी छु । हामीले कुनै समस्या परेमा हामीलाई सम्पर्क गर्न भन्दै एनआरएनए कतारको फेसबुक पेजदेखि सबैतीर सम्पर्क नम्बर बाडिरहेका छौ ।

एनआरएनए कतारले अहिलेसम्म ६ सय भन्दा बढी नेपालीलाई खाद्यन्न सहयोग गरिसकेको छ । (३०० जना लाई क़तार क़तार रेडकरेसेंट संग समन्वय गरेर तथा २५० जना लाई नेपाली दूतावास को संयोजनामा क़तार चैरिटी बाट प्राप्त खाद्दान्न तथा बाक़ी संघ ले।) प्रति ब्यक्ती १० आइटम वरावरको विभिन्न अत्यावश्यक सामाग्रीहरु सहयोग गरिरहेका छौ । यहाँको क़तार चैरिटी संग समन्वय गरेर तेस द्वारा नेपाली समुदायमा ७००० मेडिकल किट बाटन संयमसेवक सहयोग गरिएका छौ। त्यस्तै, एनसिसी कतारले ९ लाख संकलन गरि नेपाल सरकारलाई आईसीसी द्वारा प्रदान गर्न लागिएको स्वास्थ्य सामाग्री खरिदमा सहयोग गर्न आईसीसी मा जानकारी गराई सकेका छौ । हामीले कतारमा बसोबास गर्ने नेपालीलाई मात्र नभई आफनो मातृभूमि प्रतिको कर्तब्य ठानी नेपालीहरुको सहयोगमा समेत लागिरहेका छौ ।

अहिले मध्यपूर्व,यूरोप, अमेरिकालगायत क्षेत्रमा कोरोना महामारीको कारण देखिएको समस्याको कारण नेपालीहरु स्वदेश फीर्ता जान तयार रहेको भन्दै समाचार आइरहेको छ । तर मेरो ब्यक्तीगत विचारमा यो महामारी नियन्त्रणमा नआएसम्म हामी संसारको जुन ठाउँमा छौ त्यही ठाउँमा बसौ । सक्छौ सक्नेले नसक्नेलाई सहयोग गरौ, सरकारले पनि नेपाल फीर्ता लगिहाल्ने भन्दा सम्बन्धीत ठाउँमा रहेका नेपालीलाई राहत सहयोग गर्न तर्फ बढी ध्यान केन्द्रित गरौ । यदी हामीले कोरोनाको समस्या भइरहँदा विदेशमा रहेका नेपाली स्वदेश फीर्ता लग्यौ भने नेपालनै तबाह हुन सकने ख़तरा हुनछ भन्ने ध्यान दिन जरुरी छ । मध्यपूर्व जस्तै समस्यामा रहेका नेपालीलाई सम्बन्धीत ठाउँमा राहत पुर्याउँन सम्बन्धीत देशका सरकारसँग पहल गर्ने, राजदूतावासमार्फत तत्कालको लागि कसैलाई पनि खानाको समस्या आउँन नदिने गरि वन्दोवस्त गर्ने जस्ता विषयमा ध्यान दिऔें भन्ने सुझाव समेत दिन चाहान्छु । अन्तमा सबैलाई धैर्य भएर बसिदिन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्न चाहान्छु । साथै कतारबासी नेपाली समुदायमा भने कुनै समस्या परेमा सिधै हामीलाई सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहान्छु । धन्यवाद ।

तपाईको सुरक्षा मेरो सुरक्षा, मेरो सुरक्षा तपाईको सुरक्षा, तपाई मेरो सुरक्षा क़तारको सुरक्षा विश्वको सुरक्षा। सावधानी अपनाऊ, सजग रहौ ,आफू बचौ, अरुलाई बचाऊ 


प्रकाशित | ५ बैशाख २०७७, शुक्रबार १६:१५