बेलायतबाट फर्केका एकै परिवारका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं : पेप्सीकोलाको टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लण्डनबाट फर्किएका एकै परिवारका तीनमध्ये ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिलामा कोरोनाको पुष्टि भएको हो ।

यसअघि सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा पनि तीनै जनाको पोजेटिभ देखिएपछि पिसिआरबाट थप परीक्षण गरिएको हो। बाँकी एक जनाको पहिलो परीक्षणमा कोरोना पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ।

कोरोना पोजेटिभ देखिएपछि तीनै जनालाई पाटन अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको हो। उक्त अर्पाटमेन्टमा बस्ने अन्य व्यक्तिहरुको परीक्षण आजबाट सुरु गरिएको छ। संक्रमितसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको भने कन्ट्राक ट्रेसिङ सुरु भएको मन्त्रालयले जनाएको छ।  यो सँगै नेपालमा कोरोना संक्रमीतको संख्या १६ पुगेको छ ।


प्रकाशित | २ बैशाख २०७७, मंगलवार १७:५३