वसन्तपुरमा नेपालीका साथमा विदेशी पर्यटकको होली

नेपालका पहाडी जिल्लाहरुमा होली पर्व मनाइँदै छ। काठमाडौँ उपत्यका लगायत दशैभर होलीको रौनक छाएको छ।

अघिल्लो वर्षको तुलानामा कम रौनक रहे पनि काठमाडौँमा होलीको रौनक बढी नै रहेको छ।

आ–आफ्ना साथीभाइ, परिवार, इष्टमित्र भेट भएर रङ दलेर होली खेल्ने प्रचलन रही आएको छ।

होलीको दिन काठमाडौँका वसन्तपुर र ठमेल क्षेत्रमा अन्य क्षेत्रका तुलनामा बढी नै रौनक हुने गर्दछ। किनभने यो क्षेत्रमा नेपालीका साथसाथै विदेशी पर्यटकहरु पनि होलीको मज्जा लिन आइपुग्छन्।


प्रकाशित | ८ चैत्र २०७५, शुक्रबार ०७:०२