खुसीको खवर, अस्ट्रेलियाका वैज्ञानिकले गरे कोरोना भाइरस खोपको सफल परीक्षण

एजेन्सी/ सिड्नी : अस्ट्रेलियाका वैज्ञानिकले दुई वटा सम्भावित कोरोना भाइरसको खोपको परीक्षण गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फर्मास्यटिकल्सले बनाएको खोपको जनावरमा सफल परीक्षण गरिसकेको बीबीसीले जनाएको छ ।

यदि खोप मानिसमा परीक्षण सफल भएमा अस्ट्रेलियाको साइन्स एजेन्सीले यसको मूल्यांकन गर्नेछ । गत महिना अमेरिकामा पहिलो पटक मानवमा खोपको परीक्षण गरिएको थियो । तर त्यसबेला मानिसमा जनावरमा नगरेर सिधा मानिसमा खोपको परीक्षण गरिएको थियो ।

संसारभरी कोरोना भाइरसको खोप बनाउनका लागि तीव्र रुपमा काम भइरहेको छ । तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एन्ड इन्टस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ) ले यो पहिलो परीक्षण जनावरमा प्रि–क्लिनिकल परीक्षण भएको बताएको छ ।

शोधकर्ताका अनुसार संसारभरबाट खोपको आविष्कारका लागि सहयोग प्राप्त भएकाले यो चरणसम्मको काम सफलतापूर्वक सम्पन्न भएको छ ।

सीएसआईआरओका डा.राब ग्रेनफेलले भने, ‘आम रुपमा यो अवस्थामा पुग्न १ देखि दुई वर्षसम्म लाग्छ । तर हामी दुई महिनामा नै यहाँसम्म पुगेका छौं ।’


प्रकाशित | २० चैत्र २०७६, बिहीबार १४:०२