दुई हजार थान माक्स नेपाल पठाउँदै एनआरएनए मकाउ

मकाउ: गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउले एन ९५ माक्स दुई हजार थान नेपाललाई पठाउन लागेको छ । एनआरएनए मकाउले दुई हजार थान सर्जिकल माक्स नेपाली दूतावास गोन्झाउमार्फत नेपाल पठाउन लागेको हो ।

विश्वभर कोरोना भाइरसको महामारी भइरहेका बेला एनआरएनए मकाउले मकाउमा बसोबास गर्नुहुने नेपालीको सहयोगमा संकलीत माक्स नेपाली दूतावास गोन्झाउमार्फत नेपाल पठाउन लागिएको अध्यक्ष पूर्ण गुरुङले जानकारी गराउनुभयो ।

उक्त एन९५ माक्स आगामी अप्रिल ४ तारिखका दिन चीन आउने नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल पठाउने तयारी छ । अध्यक्ष गुरुङका अनुसार मकाउमा रहने सम्पूर्ण नेपालीहरुलाई थप आर्थिक सहयोगको लागि समेत आह्वान गरिसकिएको छ ।


प्रकाशित | १९ चैत्र २०७६, बुधबार १३:१६