अमेरिकाबासी नेपालीलाई एकजुट भएर कोरोना भाइरस प्रभावीतको सहयोगमा जुट्न अध्यक्ष साहको अपिल

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाका अध्यक्ष सुनील साहले अमेरिकास्थित सम्पूर्ण नेपालीहरुमा आफूले सकेको ठाउँबाट एकजुट भएर कोरोना भाइरस प्रभावीतको सहयोगमा जुट्न अपिल गर्नुभएको छ ।

एनआरएनए अमेरिका अध्यक्ष साहले एक बिज्ञप्ति जारी गर्नुहुँदै सबै संघसस्था तथा अमेरिकास्थित नेपालीहरुमा एकजुट भएर सहयोगको लागि जुट्न अपिल गर्नुभएको हो ।

अध्यक्ष साहले एक भिन्न भिन्न ढंगले गर्ने सहयोग र सामूहिक ढंगले गर्ने सहयोगको नतिजामा कयौ गुण फरक पर्ने भन्दै संकटको बेला सबै एकजुट भएर सहयोगमा जुट्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

अध्यक्ष साहले अमेरिकामा अहिलेसम्म एक जना नेपालीको कोरोना भाइरसको कारण ज्यान गइसकेको र थुप्रै नेपालीहरु प्रत्यक्ष अप्रत्यक्ष मारमा परिरहेको भन्दै अरु बेला जे भए पनि संकटको बेला सबै एकजुट हुनुपर्ने खाँचो औल्याउनुभयो ।

Image may contain: text


प्रकाशित | १६ चैत्र २०७६, आईतवार २३:१७