इटहरीका मेयर द्वारिकालाल चौधरीले लगाए आफ्नै घरको परिसरमा डोजर

इटहरी : इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काउनुभएको छ । मेयर चौधरीको वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको घरको परिसर सडकमा परेको भन्दै विरोध भएपछि पर्खाल भत्काउन लगाउनुभएको हो । प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाउनुभएको थियो । उहाँले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लाग्नुभएको हो ।


प्रकाशित | २४ असार २०७६, मंगलवार १९:४१