एनआरएनए उपाध्यक्ष डा. बद्री केसीलाई मातृशोक

काठमाण्डौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीलाई मातृ शोक परेको छ । उपाध्यक्ष डा. केसीकी ममतामयी आमा ७९ वर्षीया कान्छी खत्रीको शनिबार काठमाण्डौंमा मृत्यु भएको हो । । उहाँ केही समयदेखि क्यान्सर रोगबाट पीडित भएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

डा. केसीको ममतामयी आमाको दुःखद निधनमा विश्व मिडिया प्रा .लि तथा विश्व सन्देश परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौं ।


प्रकाशित | १५ चैत्र २०७६, शनिबार १६:१६