कोरोनाबारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द, ११ वटालाई नेपालभर हेर्न नमिल्ने बनाइयो

काठमाडौं : प्रेस काउन्सिल नेपालले कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराएको छ । काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ भने ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिइएको छ ।

यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको छ ।


प्रकाशित | १५ चैत्र २०७६, शनिबार ०९:२०