एनआरएनए इटालीको सराहनीय कार्य: प्रति ब्यक्ती २५ यूरो वरावरको राहतस्वस्प खाद्यान्न उपलब्ध गराउने

इटालीमा अहिलेसम्म कोही पनि नेपाली कोरोना भाइरसबाट संक्रमीत भएको जानकारी छैन : एनआरएनए, इटाली

रोम (इटाली ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) इटालीले कोरोना भाइरसबाट प्रभावीत भएका नेपालीलाई सहयोगको प्याकेज घोषणा गरेको छ । एनआरएनए इटाली कार्यसमितिको आकस्मिक बैठकले तत्कालको लागि राहतस्वस्प खाद्यान्नको लागि प्रति ब्यक्ती २५ यूरो सहयोग गर्ने निर्णय गरेको हो ।

एनआरएनए इटालीले एक बिज्ञप्ति जारी गर्दै एनआरएनए इटालीको राहत कोषबाट १००० र कार्यसमिति सदस्यबाट १२६७ यूरो संकलन गरि २२६७ राहत कोष खडा गर्दै तत्कालका लागि कोरोना भाइरसबाट प्रभावीत नेपालीको लागि खाद्यान्न उपलब्ध गराउने भएको हो ।

अहिलेसम्म इटालीमा कोही पनि नेपाली कोरोना भाइरसबाट संक्रमीत भएको जानकारी नआएको बताउँदै एनआरएनए इटालीले कुनै पनि नेपालीहरु समस्यामा नपरुन भनेर राहत वितरण गर्ने निर्णय गरिएको जनाएको हो । एनआरएनए इटालीले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै:-

Image may contain: text

Image may contain: text

Image may contain: text

No photo description available.

Image may contain: text


प्रकाशित | १० चैत्र २०७६, सोमबार १८:१६