एक महिनाको तलव कोरोना कोषमा जम्मा गर्ने सांसद बिजुला बर्माको घोषणा

काठमाडौं : नेपाली कांग्रेस नेतृ तथा वागमती प्रदेश सभा सदस्य बिजुला बर्मा राणाले आफनो एक महिनाको तलव नेपाल सरकारद्धारा कोरोना भाइरस विरुद्ध लड्न गठीत केन्द्रीय राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । सांसद बर्माले कोरोना भाइरस विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने भन्दै सबैले आ-आफनो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने बताउनुभयो ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।


प्रकाशित | १० चैत्र २०७६, सोमबार १५:३७