कुनै समस्या वा सहयोग आवश्यक परे सिधै सम्पर्क गर्न एनआरएनए अमेरिकाज् संयोजक त्रिपाठीको अपिल

टेक्सस (अमेरिका) : कोरोना भाईरसले विश्वब्यापी महामारी फैलिरहेको समयमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रीय समितिलेकुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न आग्रह गरेको छ ।

एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले अमेरिकाज् क्षेत्रभित्र बसोबास गर्नुहुने (अमेरिका, क्यानडा, ब्राजील, चिल्ली लगायत ) गैर आवासीय नेपालीमा कोरोना भाईरसको कारण कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न अपिल गर्नुभएको हो ।

त्रिपाठीले कोरोना भाईरस सम्बन्धमा क्षेत्रीयस्तरमा चिकित्सकसहितको टिम बनाइएको बताउँदै कुनै सहयोग आवश्यक परे आवश्यक सहयोग जुटाइने र स्वास्थ्यसम्बन्धी सचेतना गराइने भएकाले जानकारी गराउन आग्रह गर्नुभयो ।

संयोजक त्रिपाठीका अनुसार क्षेत्रीयस्तरमा कोरोना भाइरसको विषयमा जानकारी लिने र यदी प्रभावीत भएमा आवश्यक सहयोग जुटाउने कार्यमा समेत टिम तुरुन्त जुट्नेछ ।

एनआरएनएले अन्तराष्टियस्तरको उच्चस्तरीय समिति र स्थानीयस्तरमा एनसिसीसँग समन्वय गरेर काम गर्ने गरि टिम बनाइएको संयोजक त्रिपाठीले बताउनुभयो । टिममा चिकित्सकसहितको टोली रहेको छ । कुनै समस्या परे निम्न ब्यक्तीहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।


प्रकाशित | ८ चैत्र २०७६, शनिबार २३:३३