युरोप, खाडी, जापान, कोरियालगायतबाट आउने यात्रुलाई १५ अप्रिलसम्म मुलुक प्रवेशमा प्रतिबन्ध

काठमाडौं : सरकारले पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ।

नेपाल सरकारले ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म अर्थात चैत ७ गतेदेखि वैशाख ३ गतेसम्म मुलुक प्रवेशमा रोक लगाएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले वैशाख ३ गतेसम्मका लागि कोरोना भाइरस प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।


प्रकाशित | ५ चैत्र २०७६, बुधबार २२:१५