दिदीबहिनी समाज वेस्ट अभिभाबक समुहको आयोजनामा होली पर्ब धुमधामका साथ सम्पन्न

सुशील चालीसे /मेलबर्न

अस्ट्रेलियाको मेलबर्नमा दिदीबहिनी समाज वेस्ट अभिभाबक समुहको आयोजनामा नेपाली सास्कृतिक पर्ब होली मनाइएको छ । River Walk Village Park , Werribee मा आयोजित यस पर्वको अबसरमा एक अर्कामा शुभकामना आदान प्रदान, बिभिन्न रंगहरुका टिका लगाई नाचगानका साथै रमाइलो गर्दै मनाइएको छ ।

अस्ट्रेलीयामा आफ्ना छोराछोरी भेट्न आउनु भएका अभिभावकहरुलाई एक अर्कामा भेटघाट र चिनजान गराउने, आ-आफ्नो अनुभबहरु आदानप्रदान गर्ने सुअबसर प्राप्त गर्ने, गराउने र नेपालमा जस्तै अस्ट्रेलियामा आएर पनि आफ्नो सास्कृतिक पर्ब मनाउदै एकताको संदेश दिने उद्धेश्यका साथ “Happy Women Happy Family” को नारा सहित आयोजित होली पर्बमा मेलबर्नका बिभिन्न संघ संस्थाका प्रतिनिधि, केटाकेटी लगाएत भारतीय मुलका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दिदीबहिनी समाज भिक्टोरीयाकी उपाध्यक्ष प्रभा श्रेष्ठको हातबाट टिका तथा रंग लगाउदै सुरु गरिएको होली पर्ब कार्यक्रम दिदीबहिनी समाज भिक्टोरीया मेल्बर्न वेस्ट युनिटका कोअडीनेटर द्वय स्मृती घिमीरे र रोशनी श्रेष्ठको सक्रिय पहलमा भएको थियो । होली पर्बमा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई दिदीबहिनी समाज वेस्ट अभिभाबक समुहका संयोजक बाबुराम न्येउपानेले स्वागत गर्दै होलीको सुभकामना व्यक्त गरेका थिए ।

दिदीबहिनी समाज भिक्टोरीया मेल्बर्न वेस्ट युनिटका कोअर्डिनेटर रोशनी श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा भारतीय मुलका प्रतिनिधिहरुलाई पनि सहभागिता गराउन सफल भएकोमा खुशी व्यक्त गर्दै यसले अझै एक अर्कामा भाइचाराको बिकास गर्न मद्दत पुगेको बताइएकी थिइन । सहभागीहरुलाई खाजाको ब्यबस्था गरिएको होली पर्ब कार्यक्रममा साथी अस्ट्रेलिया, ग्रेस इन्टरनेसनल मेल्बर्नले सहयोग गरेको थियो ।

 


प्रकाशित | २६ फाल्गुन २०७६, सोमबार १२:२८