मेलबर्नमा विविध कार्यक्रम गरि नारी दिवस मनाइयो

सुशील चालीसे/ मेलबर्न

अस्ट्रेलियाको मेलबोर्नमा नेपाली समुदाय बीच चिरपरिचित संस्था दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अन्तरास्ट्रिय नारी दिवसको अबसरमा ” Each For Equal ” नाराका साथ बिबिध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।

ग्लेनरोय स्थित युनाइटिङ्ग चर्चमा सम्पन्न उक्त कार्यक्रममा कबिता बाचन, सामुहिक नृत्य, घरेलु हिंशा बिरुद्धमा आधारित नाटक, स्वास्थ सम्बन्धि जानकारी, जुम्बा नृत्यहरु प्रस्तुत गरिएका थिए ।

दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीले नारी दिवसको शुभकामना दिदै समाजले गरेका प्रगति तथा बिबिध कार्यक्रमहरुका बारेमा जानकारी गराउनुका साथै भिक्टोरियाका बिभिन्न सबवर्वहरुमा १० वटा सब कमिटिको निर्माण गरिएको र जसबाट ८० जना महिलाहरुको नेतृत्वमा सामाजिक कामहरु अघि बढीरहेको बताएकी थिइन । भिक्टोरियामा समाजले अहिले सम्म Be the best women , Library Partnership , Music with Catherine , Breast Screening , Family Violence Prevention , Teej Festival , Family Picnic जस्ता बिभिन्न कार्यक्रमहरु सफल रुपमा संचालन गरिसकेको छ ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, एनआरएनए अस्ट्रेलियाका भुतपुर्ब अध्यक्ष टोनु घोताने, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया कोअर्डिनेटर प्रेम कंडेल, नेपलिज एसोसीएसन् अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे, नेपाल अस्ट्रेलिया पब्लिक लिंकका अध्यक्ष निराजन गौली, क्रेगीबन समाजका अध्यक्ष माधब पौडेल, नेपाल मगर समाजका अध्यक्ष मोहन राना, इनास भिक्टोरियाका अध्यक्ष गौतम लामिछाने, नारी निकुञ्जका अध्यक्ष काजल किरण लगायत् मेलबर्नमा अबस्थित बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले नारी दिवसको शुभकामना प्रदान गर्दै समाजले भिक्टोरियामा निकै सर्हानिय काम गर्दै आएकोमा खुशी व्यक्त गर्दै दिदीबहिनी समाज भिक्टोरियाका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिएका थिए । उक्त कार्यक्रममा केटाकेटीहरुका लागि आर्ट क्लास लगाएत बिभिन्न खेलहरुको ब्यबस्था गरिएको थियो । डिनरको पनि ब्यबस्था गरिएको उक्त कार्यक्रममा उपस्थित सबैजनालाई संस्थाका सह-कोषाध्यक्ष कमला चालिसेले धन्यबाद ज्ञापन गरेकी थिइन ।

 


प्रकाशित | २५ फाल्गुन २०७६, आईतवार २२:४०