प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका हुन ।

उपचारमा संलग्न चिकित्कसहरुले केहि घन्टामै मिर्गौला प्रत्यारोपण सफल भएको विषयमा जानकारी गराउने बताएका छन् । ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

२०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् ।


प्रकाशित | २१ फाल्गुन २०७६, बुधबार १५:११