काठमाडौं उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २१ हजार नाघ्यो

काठमाडौं – नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ९ जना पुगेको छ।

प्रवक्ता गौतमका अनुसार आज उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुरका १३, काठमाडौंका ४८ जना, ललितपुरका १ गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।

म‌ंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित | २० श्रावण २०७७, मंगलवार १६:३८