सेयर बजारमा गिरावट, कारोबार भने अर्ब बढी

काठमाडौं: साताको दोस्रो दिन आज (सोमबार ) शेयर बजारमा सामान्य गिरावट आएको छ । नयाँ वर्ष लागेसँगै निरन्तरत जसो बढ्रदै गइरहेको शेयर बजारमा आज सामान्य गिरावट आएको हो । सोमबार नेप्से सूचक ४.२१ अंकले घटेर १३१०.३१ बिन्दु कायम भएको छ । आज १७४ कम्पनीको ३० लाख १६ ४८० कित्ता सेयर १ अर्ब १९ करोड ७७ लाख ६९ हजार ८ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ उपसमूहको कारोबार हुँदा टे«डिङ ५.४९, होटल ७.३९, उत्पादन तथा प्रशोधन ९.७३, अन्य ३.३२ र जीवन बीमाको १३०. ७२ अंकले बढेको छ । बाँकी सबैको कारोबारमा गिरावट आएको छ । सोमबार कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको १४ करोड ६९ लाख ८२ हजार ४८८ रुपैयाँ रहेको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः नेपाल बैंक र प्रभु बैंक रहेका छन् ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १६:४६