एसआई यूके नेपालको आयोजनामा काठमाडौंमा अन्तराष्ट्रिय स्तरको शैक्षिक मेला हुने

काठमाडौं : एसआई यूके नेपालको आयोजनामा अन्तरािष्ट्रय स्तरको शैक्षिक मेला आयोजना हुने भएको छ । काठमाडौंमा पहिलोपटक भब्य रुपमा अन्तराष्ट्रिय स्तरको शैक्षिक मेला गर्न लागिरहेको जानकारी एसआई यूके नेपालको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

विश्वका विभिन्न २३ वटा देशहरुमा शाखा सञ्जाल फैलाएको यस अन्तराष्ट्रिय ख्याती प्राप्त शैक्षीक परामर्श संस्थाले वार्षिक ४० हजार भन्दा बढी विद्यार्थीहरुलाई यूके र आयरल्याण्डमा रहेका विश्वका उच्चस्तरीय विश्वविद्यालयहरुमा अध्ययनका लागि मार्ग प्रदान गर्दै आएको छ भने विगत २०१८ देखि नेपालमा शैक्षिक परामर्श गर्दै आएको छ ।

विभिन्न देशमा फैलिएको एसआई यूकेले विश्वभरि ५० वटा अफिस मार्फत सेवा प्रवाह गर्दै आएको छ । एसआई यूकेले बेलायतमा १ सय २० वटा भन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आएको छ । ‘विद्यार्थीहरुको सूचना पाँने अधिकारको सुनिश्चितता र विद्यार्थीहरुलाई विश्वविद्यालयका प्रतिनिधिबाट शैक्षीक प्रणाली, छात्रबृत्ति, अध्ययन प्रश्चात अन्तराष्ट्रिय स्तरको रोजगारीको अवसर र यूकेको जीवनशैलीको प्रत्यक्ष रुपमा परामर्श गराउने उद्देश्यले यही फेम्बुअरी २२ तारिख अर्थात फागुन १० गते काठमाडौंको होटल अन्नपूर्णमा शैक्षीक मेलाको आयोजना गरेका छौ’ एसआई यूकेका निर्देशक बिनय अधिकारीले बताउनुभयो ।

मेलामा यूकेका २० वटा भन्दा बढी विश्व विद्यालयको प्रत्यक्ष सहभागिता रहनेछ । मेलामा नेपालको शैक्षीक क्षेत्रमा उच्चपदस्थ विज्ञहरुको समेत सहभागिता रहनेछ । साथै, मेलाबाट करिव एक हजार भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरेको संसथाले बताएको छ ।

मेलामा सहभागी हुनका लागि अनलाइन फारामको उपलब्धता गराइएको र साथमा विद्यार्थीहरुको पहुँचमा सरल तथा सहज रुपमा पुग्ने गरि विभिन्न विज्ञापनको माध्यमबाट दर्ता तथा सम्पर्क गर्न सक्ने सुविधाको ब्यवस्था गरिसकिएको पनि संस्थाले जानकारी दिएको छ । साथै, एसआई यूके नेपालको अफिस पुत्तलीसडकस्थित कृषि विकास बैंकको दोस्रो तल्लामा रहेको कार्र्यालयमा आएर पनि जानकारी लिन सकिने बताइएको छ ।

हरेक वर्ष पचासौ हजार विद्यार्थीलाई युकेमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको एसआई यूकेको डाटा अनुसार सन् २०१८ मा ३२ हजार विद्यार्थी यूकेको विश्वविद्यालयमा भर्ना भएका थिए ।

एसआई यूकेले हरेक वर्ष नेपालमा रहेका गरिव तथा पिछडिएको वर्ग र जेहेनदार विद्यार्थीहरुको लागि स्वदेशमै अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले विशेष प्याकेज बनाएर अगाडि बढ्ने लक्ष्य लिएको र त्यस्ता विद्यार्थीहरुलाई बेलायतको विश्वविद्यालयमा छात्रबृत्तिको वन्दोवस्त पनि गर्न सक्ने संस्थाले जनाएको छ ।

नेपालबाट विकसित मुलुकका राम्रा विश्व विद्यालयमा अध्ययन गर्न जाने क्रम बढेसँगै पछिल्लो समय एक्ध् (अध्ययन प्रश्चात पाउँने रोजागरीको अवसर) खुल्ला गर्न लागिरहँदा र यूके यूरोपबाट बाहिरिंदा धेरैलाई रोजागारीको सुविधा मिल्ने सम्भावना बढेकाले पनि यूके अध्ययन गर्न जाने विद्यार्थीको आर्कषण ह्वात्तै बढेको छ ।

एसआई यूकेले विद्यार्थीहरुलाई अध्ययनको लागि अवसर प्रदान गर्ने मात्र नभई विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा पनि परामर्श दिएर देशको विभिन्न क्षेत्रमा सम्भाब्य अवसरको खोजी गर्ने कार्यमा पनि प्रोत्साहन गर्दै आएको छ ।


प्रकाशित | २ फाल्गुन २०७६, शुक्रबार १६:०४