कोरियामा आनन्द कार्की एकल साँझ सम्पन्न

कोरिया :  कोरियामा चर्चित गायक आनन्द कार्की एकल साँझ सम्पन्न भएको छ । सिओल स्थित शुभेच्छा रेष्टुरेण्टमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गायक कार्कीले लाग्छ मन हेरिरहुँ, जनम जनम जिउँला सँगै, बनमा फुल्यो फुल, लगाएत दर्जन वढी चर्चित गीतहरु गाएर सहभागीहरुलाई भरमग्दूर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

एनआरएन आईसीसी मानार्थ परिषद सदस्य जुनु गुरुङ्गको विशेष सक्रियतामा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, राप्ति समाज द. कोरिया, सोलु समाज द.रिया, नुवाकोट समाज द. कोरिया, वेमेन्स हेल्थ एण्ड चिल्ड्रेन को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित | २९ माघ २०७६, बुधबार १४:५६