एनआरएनए स्विटजरल्याण्डले २२ मार्चमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

स्वीटजरल्याण्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वीटजरल्याण्डको आयोजनामा ब्याडमिन्ट प्रतियोगिता गरिने भएको छ । संघले आगामी २२ मार्च २०२०.Allenlüften Bern मा ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो ।

संघका महासचिव कृष्ण प्रसाद शिवाकोटीका अनुसार गैर आवासीय नेपाली संघको जुनसुकै कार्यसमिति सदस्यलाई पनि नाम दर्ता गराउन सकिनेछ । प्रतियोगिता बिहान ९: ३० बजे सुरु हुने र साँझ ६ बजेसम्म चल्नेछ महासचिव शिवाकोटीले बताउनुभयो ।

प्रतियोगितामा रजिष्ट्रेसन शुल्क ३५ CHF ताकिएको छ । खानाको लागि ३० CHF अतिरिक्त शुल्क राखिएको छ । रजिष्ट्रेसन शुल्क खेलको दिनमानै नगद तिर्न सकिने महासचिव शिवाकोटीले बताउनुभयो ।


प्रकाशित | १७ माघ २०७६, शुक्रबार १२:००