‘म यस्तो गीत गाउँछु २’ को गीत रिलिज (भिडियो )

काठमाडौं : फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् ।

भिडियोमा मुख्य कलाकारद्धय नायक पल शाह र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।


प्रकाशित | २५ पुष २०७६, शुक्रबार १४:४२