आयरल्याण्डमा ‘भिजीट नेपाल २०२०’ प्रबद्र्धनको लागि ब्यापक रुपमा अभियान शूरु (फोटोफिचरसहित )

आयरल्याण्ड : गैर आवासीय नेपाली संघ आयरल्याण्डले ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रबद्र्धनको लागि ब्यापक रुपमा अभियान शूरु गरेको छ । आयरल्याण्डको डव्लिनमा ब्यापाक प्रचार प्रसार गर्दै संघले अभिायन शूरु गरेको हो । नयाँ वर्षको अवसरमा डब्लिनमा ‘भिजीट नेपाल २०२०’ को ब्यापक प्रचार गर्दै अभियानको शूरुवात गरिएको एनआरएनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले जानकारी गराउनुभयो ।

अध्यक्ष चन्त्यालका अनुसार ‘भिजीट नेपाल २०२०’ को उद्घाटन कार्यक्रमका दिन डब्लिनमा सयौ नेपालीको सहभागितामा अभियान शूरु गरिएको हो । कार्यक्रममा भिजीट नेपाल लगाएको क्यापसहित ब्यापक प्रचार प्रसार गरिएको हो ।

कार्यक्रम ‘भिजीट नेपाल २०२०’ अन्तगर्त सयौ शृखंलामध्ये पहिलो अभियान भएको अध्यक्ष छन्त्यालले बताउनुभयो । आयरल्यान्डमा नेपाली राजदूतावास र एनआरएनएको संयुक्त समन्वयमा ‘भिजीट नेपाल २०२०’ प्रचार प्रसारको कार्यक्रम हुँदैछ ।

 

 


प्रकाशित | १७ पुष २०७६, बिहीबार १४:१०