‘मिस मंगोल नेपाल २०१९’को ताज सिभिरालाई

काठमाडौँ : ‘मिस मंगोल नेपाल २०१९’को ताज ताप्लेजुङकी २५ वर्षिया सिभिरा लामा बनेकी छन् । मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि समेत हात पारेकी लामाले उपाधीका साथमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् ।

रिडी ग्रुप लिमिटेडको शिर्ष प्रायोजक रहेको प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुन फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ को उपाधि हात पर्दा काठमाडौंकी १९ वर्षिया यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान आयोजित प्रतियोगितामा ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, हेयर स्टाइलिस निलडेभिड कटवाल र कोरियोग्राफर रोजिन शाक्यलाई ‘मिस मंगोल डिकेट कन्ट्रिब्युसन अनर’ प्रदान गरिएको थियो ।


प्रकाशित | १३ पुष २०७६, आईतवार १६:३१