अष्ट्रेलियासँग नेपालको फराकिलो हार

काठमाडौं: एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । म्यानमार शुक्रबार भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ६ गोल खाएको थियो । यस्तै दोस्रो हाफमा ५ गोल व्यहोर्यो ।

नेपालको लागि मन्जली कुमारी योञ्जनले एक गोल फर्काइन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिईन् । मन्जली अष्ट्रेलियाविरुद्ध गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । फिफाको महिला वरियतामा ९७ औं स्थान माथि रहेको अष्ट्रेलियासंग नेपाल सवै पक्षमा कमजोर देखिएको थियो । महिलाको वरियतामा अष्ट्रेलिया छैटौं स्थानमा रहेको छ । नेपाल भने १०६ औं स्थानमा छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य बनाएको नेपालले अब दोस्रो खेलमा आइतबार उज्वेकिस्तानसंग खेल्नेछ । यस्तै मंगलबार नेपालले म्यानमारसंग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १७:२३