राजस्व छली भयावह, ९८१ मुद्दामा अनुसन्धान, १३० फर्मबाट १२ अर्बभन्दा बढीका नक्कली बिजक

काठमाडौं : सरकारले झुटा नक्कली बिजक खरिद गर्ने ९८१ फर्म बिरुद्ध अनुसन्धान शुरु गरेको छ । हालसम्म झुटा नक्कली बिजक खरिद गर्नेको संख्या ९८१ रहेको र ती मध्ये १३० फर्मले १२ अर्व भन्दा बढिको झुटा नक्कली बिजक खरिद गरेको अनुसन्धानमा खुल्न आएको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागले हालसम्म झुटा नक्कली विजक खरिदमा संलग्न ९८१ फर्म बिरुद्ध बिभिन्न अदालतमा मुद्धा दायर गरेको जानकारी दिएको हो ।

बिभागका महानर्देशक दिर्घराज मैनालीले आठ जना सरकारी कर्मचारी सहित ५ सय १५ जनालाई प्रतिबादी बनाएर १२ अर्व ३१ करोड ४७ लाख विगो कायम गरी विभिन्न अदालतमा मुद्धा दायर गरेको जानकारी दिए । उनका अनुसार दायर मुद्धामा प्रतिवादीलाई विगोको दोब्बर जरिवाना र ३ बर्षसम्म कैद माग दाबी गरिएको छ । “विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारको कसुरमा ३२९ जनालाई प्रतिबादी छन्” महानिर्देशक मैनालीले भने “यी विरुद्ध विभागले ४ अर्व ८३ करोड ८५ लाख विगो र विगोको तेब्बर सम्म जरिवाना एबं तीन बर्षसम्म कैद माग दाबी गरिएको छ ।”
उनका अनुसार मंसिर माशान्त सम्म झुुट्टा नक्कली बिजक सम्बन्धी बिभिन्न फर्महरुलाई ६ अर्व ७५ करोड भन्दा बढि बिगो कायम गरेर विभन्न अदालतमा मुद्धा दायार गरिएको छ । उनले चालु आर्थिक बर्षको मंसिर सम्म राजस्व चुहावट सम्बन्धी २८ वटा मुद्धा दायर गरिएको जानकारी दिए ।

“दायर मुद्धामा ७६ जना बिरुद्ध राजस्व कसुरमा ३ अर्व ४२ करोड ४७ लाख विगो र विगोको दोब्बरसम्म जरिवाना एवं ३ वर्ष सम्म कैद माग दाबी भएको छ” उनले भने । बिभागले विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ८७ मुद्धा दायर गरेको छ । बिदेशी बिनिमय कारोबारमा १३० जना संलग्न रहेको र प्रतिवादी बिरुद्ध ६४ करोड ६८ लाख विगो माग दावी गरिएको विभागको दाबी छ ।

“मंसिर मशान्त सम्म बिस्तृत अनुसन्धान गर्दा नक्कली विजक जारी गर्ने फर्मको संख्या १३० रहेको पाईएको छ” मैनालीले भने “ती विरुद्ध ६ अर्व भन्दा बढि विगो कागम गरि ५२ वटा फर्महरुमा संलग्न ५५ जना माथि मुद्धा दायर भएको छ ।” उनका अनुसार नक्कली बिजक खरिद गर्ने ५७ वटा फर्मको अनुसन्धान शुरु भैसकेको छ भने १७ वटा फर्मको अनुसन्धान सम्पन्न भैसकेको छ ।

हालसम्म झुटा नक्कली बिजक खरिद गर्ने फर्मको संख्या ९८१ रहेको र १३० वटा फर्मले १२ अर्व भन्दा बढिको झुटा नक्कली बिजक खरिद गरेको देखिएको छ । मैनालीले भने “अनुसन्धान गर्दै जाँदा राजस्व चुहावटमा प्रयोगको व्यापकता र गहनता अझ बढ्ने देखिएको छ ।” विभागले भुटा नक्कली बिजक सम्बन्धी बिभिन्न फर्महरुलाई ६ अर्व ७५ करोड भन्दा बढिको विगो कायम गरि विभिन्न जिल्ला अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।


प्रकाशित | १२ पुष २०७६, शनिबार १०:५७