‘घर’ को डरलाग्दो ट्रेलर रिलिज (भिडियो)

काठमाडौँ : अर्पण थापाले निर्देशन गरेको फिल्म ‘घर’ को डरलाग्दो ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक घरभित्र हुने भुत-प्रेतको कथा देखाइएको छ । अभिनेत्री सुरक्षा पन्तले यस फिल्ममा अभिनेता तथा निर्देशक अर्पणको श्रीमतिको भूमिका निभाएकी छन् । आउँदो साउन ३ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने फिल्म भर्खर किनेको नयाँ घरमा सरेका श्रीमान्श्री-मतीले भोगेको आत्मासँगको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १२:५६