खुसीको खबर, नेपाल मिस वर्ल्ड ‘बिउटी वीथ पर्पोज’ विधामा पनि टप १० पुग्न सफल

लन्डन: नेपालले मिस वर्ल्ड ‘हेड टु हेड च्यालेन्ज’ को दोस्रो चरण पार गर्दै ‘बिउटी वीथ पर्पोज’ विधामा पनि टप १० पुग्न सफल भएको छ । ‘हेड टू हेड च्यालेन्ज’ को दोस्रो चरण जित्दै मिस नेपाल अुनष्काले ‘बिउटी वीथ पर्पोज’ मा पनि टप १० भित्र पर्न सफल हुनुभएको छ ।

बिउटी वीथ पर्पोज प्रोजेक्टको बारेमा दुई मिनेटमा पछिल्लो आठ महिनामा आफूले गरेको कामको विषयमा आफनो भनाई राख्ने मौका पाउनुभएको थियो, जुन कुरा दर्शाउनु चुनौतीपूर्ण थियो, जुन प्रोजेक्टले गर्दा अनुष्का हेड टु हेड च्यालेन्जको टप १० मा छनौट हुँदै मिस वर्ल्डको उत्कृष्ठ ४० पुग्न हुनुभयो ।

यद्यपी मल्टी मिडिया अवार्ड जित्नको लागि भने अझै धेरै भन्दा धेरै भोटको आवश्यकता पर्ने भन्दै अनुष्ष्काले सबैमा सहयोगको लागि अपिल गर्नुभएको छ । मिस वल्र्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् । मिस वल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ ।


प्रकाशित | २५ मंसिर २०७६, बुधबार १९:५५