जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

काठमाडौं : जाडोको मौसम सुरु भईसकेको छ । जाडोयामको सुरुवातीसँगै छालामा विभिन्न समस्या आउन थाल्छ । विशेषगरी जाडो याममा सुख्खा हुने भएकाले छाला खस्रो हुने, फुट्ने आदि जस्ता समस्या देखा पर्छ । जाडो महिनामा छाला बिग्रनुका प्रमुख कारण भनेको चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु इत्यादि हुन् ।

साथै वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक उपायहरु अपनाउनुपर्छ।

कसरी हेरचाह गर्ने ?

१. प्रसस्त पानी पिउने

२. तातोपानीले वाफ लिने । यसले बन्द भएको रोमछिद्र खुल्छ

३. मौसमी फलफुल खाने ।

४. मनतातो पानीले नुहाउने

५. जाडोयाममा प्रायः हातखुट्टा, ओठ, अनुहार र आँखामा बढी असर पर्ने भएकाले हातखुट्टामा मोइस्चाराइजरको प्रयोग गर्ने ।

६. धेरै हिटर नताप्ने। लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई सुख्खा बनाउँछ ।


प्रकाशित | २४ मंसिर २०७६, मंगलवार १४:४४